ताजा समाचार

अमेरिकाले राष्ट्रसंघलाई दिँदै आएको २८५ मिलियन डलर बजेट कटौती

काठमाडौं, ११ पुस । जेरुसेलम विवादमा एक्लिएको अमेरिकाले राष्ट्रसंघलाई दिँदै आएको सहयोग कटौतीको घोषणा गरेको छ । जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिने अमेरिकी निर्णयविरुद्ध आएको एउटा प्रस्तावमा राष्ट्रसंघमा मतदान भएको थियो, जसमा अमेरिका एक्लिएको थियो ।

राष्ट्रसंघमा मतदान हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तावको पक्षमा मतदान गरे सहयोग रोक्ने चेतावनी दिएका थिए । राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि निकी हेलीले राष्ट्रसंघलाई दिइने सन् २०१८/१९ को बजेटमा २८५ मिलियन डलर कटौती गर्ने जानकारी दिएकी छन् । साथै राष्ट्रसंघको व्यवस्थापन र सहयोगी मिसनमा पनि कटौती हुने उनले बताइन् ।

‘राष्ट्रसंघले चाहिएभन्दा बढी खर्च गर्ने गरेको सर्वविदितै छ । र अमेरिकी जनताको सदासयताको फाइदा उठाउन हामी दिँदैनौं,’ अमेरिकी प्रतिनिधि हेलीले भनेकी छन् । यद्यपि अमेरिकाले राष्ट्रसंघलाई दिने कुल बजेटबारे केही बताएको छैन ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org