ताजा समाचार

चीनको अर्को चमत्कार: जंगलै जंगलको हरियो शहर

एजेन्सी, ११ पुस । विश्वलाई चुनौती चीन दिनप्रतिदिन नयाँ नयाँ चमत्कार गर्दै आईरहेको छ । कहिले संसारकै सबैभन्दा तीब्र गतिमा चल्ने रेलको आविस्कार गरेर होस् या अन्य कारणले होस् चीन विश्वलाई नै चकित पार्ने गरी नयाँ नयाँ आविस्कार गर्दै आईरहेको छ । यसै अवस्थामा चीनले फेरी अर्को चमत्कार गरेको छ ।

भौतिक विकासले गर्दा शहरमा रुख तथा बोटविरुवा कल्पनाबाट पनि बाहिरको विषय हुँदै गएको अवस्थामा चीनकै लिउहु शहरले भने शहरी जीवनशैलीको बारेमा सोचलाई नै चुनौती दिने भएको छ ।

त्यती मात्र हेइन सो शहरले आफ्ना ३० हजार जनसंख्यालाई स्वच्छ हावा समेत प्रदान गर्नेछ। चीनको उत्तरी भेग गुआंक्सी क्षेत्रमा बनाउन लागिएको नयाँ शहरले प्रकृति र सहरलाई पर्यायको रुपमा विकास गर्ने छ ।

सो शहरमा ४० हजार रुख तथा १ लाख भन्दा बढी बोटविरुवा रोपिने छ । २०२० मा पुरा हुने गरि निर्माण गर्न लागिएको सो सहरले हरियो शहरको अवधारणालाई समेत परिवर्तन गर्नेछ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org