के संविधान अनुसार देउवाको ‘प्रधानमन्त्री’ पद अबैध हो ? यस्तो छ संविधानको व्यांख्या
काठमाडौं, १२ पुस । यतिबेला नेपालको प्रधानमन्त्री शेरबहादुर देउवालाई मानिन्छ । तर संविधानलाई आधारमान्ने हो भने नेपाल प्रधामन्त्रीविहिन छ । नेपालको संविधानले गरेको व्याख्या अनुसार अहिलेका प्रधानमन्त्री देउवा अवैध हुन् र मुलुक प्रधानमन्त्रीविहिन छ । मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संविधान अनुसार यतिबेला देउवा अवैध प्रधानमन्त्री हुन् ।
नेपालको संविधान २०७३ अनुसार शेरबहादुर देउवा प्रधानमन्त्रीबाट मुक्त भइसकेकाले अहिले मुलुक प्रधानमन्त्री विहीन अवस्थामा रहेको छ । सरकार सञ्चालनको नेतृत्वमा रहेका प्रधानमन्त्री देउवा र सबै मन्त्रीहरु नै संविधान अनुसार अवैध हुन ।
संविधान अनुसार अब देउवा पदमुक्त भइसकेकाले पदबाट राजीनामा पनि दिइरहनु पर्दैन । संविधानले अवैध घोषणा गरिसकेकाले देउवा सरकारले गरेका नियुक्ति, सरुवा, बढुवा देखि लिएर अन्य निर्णयहरु अवैध हुने देखिन्छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयनको अघिल्लो दिन राजीनामा दिएको भए भने देउवा कामचलाउनका हैसियतमा हुन्थ्ये । तर त्यो नगरेकाले उनी पदमुक्त भइसकेको संविधानले ब्याख्या गरेको छ । अब नयाँ सरकार गठन गर्न देउवाले राजीनामा दिइरहनु पर्दैन ।
देउवा कसरी भए अवैधः
नेपालको संविधानमा प्रधानमन्त्रीको चयन, राजीनामा, पदमुक्त लगायतका अवस्थाहरुको स्पष्ट व्याख्या गरेको छ । संविधानले प्रधानमन्त्री पदमुक्त हुने चारवटा कारण उल्लेख गरेको छ । संविधानको धारा २९८ को भाग ८ मा गरिएका चारवटा व्यवस्था मध्ये कुनै एउटा अवस्था आएपनि प्रधानमन्त्री पदबाट मुक्त हुनु पर्छ ।
त्यसमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने अवस्था भनिएको छ –
(क) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,
(ख) उपधारा (१४) बमोजिम निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा वा विश्वासको प्रस्ताव पारित हुन नसकेमा,
(ग) निज व्यवस्थापिका–संसदको सदस्य नरहेमा,
(घ) निजको मृत्यु भएमा ।
तर (ग) मा उल्लेखित व्यवस्था अनुसार अहिले व्यवस्थापिका–संसद छैन भन्ने मान्ने हो भने व्यवस्थापिकाका कुनैपनि सदस्य पनि छैनन । सभामुख र सबै सदस्य त्यही धाराको ब्याख्याका आधारमा पदमुक्त भएका हुन । देउवा पनि संसदमा सदस्य नरहेकाले उनलाई संविधानले प्रधानमन्त्री मान्दैन । अहिले मुलुकमा प्रधानमन्त्री छैन ।
प्रतिनीधिसभा चुनावका लागि मनोनयन दर्ता भएको अघिल्लो राती नै संसद भंग भइसकेकाले उनी पनि स्वतः पद मुक्त भइसकेका छन् । ‘संविधान अनुसार देउवा पदमुक्त भइसके । पद मुक्त भएका व्यक्तिले कुनैपनि निर्णय गर्न मिल्छ ?’ कानुनका जानकार प्रधानमन्त्री कार्यालयका एकजना सचिवले भने, ‘निर्णय त देउवा नेतृत्वको मन्त्रिपरिषदले गरिरहेको छ । तर गरेका ती सबै निर्णय अवैध हुन । सर्वोच्चमा मुद्दा हालेको दिन खारेज हुन्छ । ’
संविधानको भाग ७ संघिय कार्यपालिका र भाग ८ को संघिय व्यवस्थापिकालाई अर्थ लगाएर सरकार कामचलाउ छ भन्ने ब्याख्या भइरहेको उनले बताए । त्यसमा नयाँ सरकार गठनको व्यवस्था उल्लेख गरिएको छ । अब नयाँ सरकार गठनका लागि निर्वाचन आयोगले समानुपाति मतपरिणाम सार्वजनिक गर्ने वित्तिकै राष्ट्रपतिले आह्वान गर्न सकिने कानुन व्यवयसायीको तर्क छ ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...