ताजा समाचार

अब महिलाले पनि उठेरै पिसाब फेर्न सक्ने, आयो आधुनिक प्रविधि

एजेन्सी । महिलाहरुका लागि सार्वजनिक शौचालयको प्रयोग साँच्चीकै कष्टकर हुन्छ । सार्वजनिक शौचालय फोहोर हुने हुनाले बसेर पिसाब फेर्नुपर्ने महिलाका लागि संक्रमण तथा जिउमा फोहोर लाग्ने जोखिम हुन्छ । त्यसैले धेरै महिलाहरु सार्वजनिक शौचालयमा पिसाब नगरी पिसाब रोकेरै बस्न बाध्य हुन्छन् ।

महिलाहरुको यो समस्यालाई ध्यानमा राख्दै अष्ट्रेलियाको ग्रिन पार्टीले महिलाहरुलाई उठेर पिसाब फेर्ने तालीम दिँदैछ । एउटा विशेष खालको सामानको सहयोगले महिलाहरुले उठेरै पिसाब फेर्न सक्दछन् । सोही विशेष किट कसरी प्रयोग गर्ने भन्ने तालीम ग्रिन पार्टीले दिइरहेको छ ।

यो सामान नली आकारको हुन्छ । जसलाई महिलाहरुले आफ्नो यौनीमा राखेर पिसाब फेर्न सक्दछन् । यसरी फेरेको पिसाब उक्त नली हुँदै ट्वाइलेट सम्म पुग्दछ । प्रयोग गरिसकेपछि यो नलीलाई फ्याँक्न सकिन्छ । यो नलीको प्रयोगपछि महिलाहरुलाई फोहोर शौचालयमा पिसाब गर्नका लागि समेत बस्नुपर्ने बाध्यता हुनेछैन ।

लामो समयसम्म पिसाब रोक्नुपर्ने बाध्यताका कारण विश्वका करोडौँ महिलाहरु मूत्रनलीको संक्रमणबाट ग्रसित हुने गरेका विज्ञहरुको भनाई छ । यदि महिलालाई उठेरै पिसाब गर्न मिल्ने उक्त नलीलाई कम मूल्यमा उपलब्ध गराउन सकियो र यसको प्रयोग व्यापक बनाइयो भने महिलाहरुमा युटीआइको समस्या निकै कम हुने बताइएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org