ताजा समाचार

यी हुन् दुबै खुट्टा नभएर पनि विश्व कृतिमान राख्न सफल एमी


एजेन्सी, १३ पुस । जन्मदै दुईवटै खुट्टा खराब भएपनि कृत्रिम खुट्टाको मार्फत कमाल गरिरहेकी सुन्दरी हुन् एमी मुलिन्स । उनी अमेरिकन एथलेटिक्स् खेलाडी हुन् । शरीर, मष्तिष्क र मन सफा र तन्दुरुस्त भएकी उनी कृत्रिम खुट्टाको मद्धतले संसारको ध्यान आँफुतिर खिचन सफल भएकी छिन् ।

एमी मुलिन्स एक वर्षको हुँदा उनका दुबै खुट्टा काट्नु परेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । ४१ वर्षकी सुन्दरीकापछि कैयौँ पुरुषहरु पछि लाग्ने गरे पनि उनी आँफुजस्तै अपांगहरुका लागी जिन्दगीमा केही गरेर देखाउने अठोटका साथ बाँचिरहेकी छिन् ।

आफ्ना दुर्व खुट्टा नभएकी एमी मुलिन्स निकै उत्साहका साथ जीवन बाँचिरहेकी छिन् । जिन्दगीमा केही गर्न सक्दिन भन्नेहरुका लागी अमेरिकाकी यि सुन्दरी एक सफल उदाहरण हुन् । पिपुल्स म्यागेजिनले उनलाई विश्वकै ५० सुन्दरीमध्येमा एक भएको उल्लेख गरेको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org