भैरहवा ईपीएलको फाइनलमा, उपाधिका लागि शनिवार विराटनगरसँग भिड्ने
काठमाडौं, १३ पुस । भैरहवा ग्लार्डिटर्स र विराटनगर बारियर्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा पुगेका छन् । यी दुईबीच उपाधिका लागि शनिबार खेल हुनेछ । बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवाले ललितपुरमाथि ३ विकेटको रोमाञ्चक जित हात पार्दै उपाधी नजिक पुगेको हो । यसअघि नै विराटनगर बारियर्स फाईनलमा पुगिसकेको छ ।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा ललितपुरले दिएको १ सय ३३ रनको लक्ष्य भैरहवाले ३ बल बाँकी छदा ७ विकेट गुमाएर भेट्टायो । भैरहवाले अन्तिम ओभरमा दुई छक्का र एक बलमा एक रन जोड्दै लक्ष्य भेट्टायो ।
अन्तिम ओभरमा १३ रन चाहिएकोमा लागि रोहित पौडेलले लगातार दुई छक्का हानेर भैरहवालाई जिताएका हुन् । उनी २८ रनमा नटआउट । यसअघि पहिले व्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । उसका लागि जयकिशन कोल्सावालाले ४२, सन्नी पटेलले २४ र कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए ।
Comments
अरु समाचार
-
एनपिएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीद्वारा सम्मान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन्...
-
एनपीएलको उपाधि उचाल्न सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको विशाल लक्ष्य प्रस्तुत...
-
फाइनलमा टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आज हुन लागेको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।...
-
एनपिएलः फाइनलमा सुदूरपश्चिम र जनकपुर भिड्दै
काठमाडौँ: पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर...
-
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
काठमाडौं । मलेसियामा जारी एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले...
-
महिला यू-१९ एसिया कपमा नेपाल आज बंगलादेशसँग भिड्दै
काठमाडौं । महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समय अनुसार...
-
कर्णालीलाई २ विकेटले पराजित गर्दै जनकपुर एनपीएल फाइनल प्रवेश
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। ...
-
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक अङ्क...
-
सुखीपुरमा चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता
काठमाडौं । सिरहाको सुखीपुर नगरस्तरीय चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता हुनेभएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद’...