ताजा समाचार

अफगानिस्तानमा शृंखलाबद्ध आत्मघाती विस्फोट हुँदा ४० जना मारिए, ३० घाइते

एजेन्सी, १३ पुस । अफगानिस्तानको काबुलमा शृंखलाबद्ध आत्मघाती विस्फोट हुँदा ४० जनाको ज्यान गएको छ । काबुलस्थित पश्चिम क्षेत्रमा रहेको सिया सांस्कृतिक तथा धार्मिक संगठनको तवावन सांस्कृतिक केन्द्रमा बिहीबार गराइएको शृंखलाबद्ध आत्मघाती विस्फोटमा ४० जना मारिनुका साथै अरु ३० जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले एएफपीलाई भने, ‘आक्रमण तवावन सांस्कृतिक केन्द्रमा लक्षित थियो । अफगानिस्तानमा सोभियत संघले गरेको आक्रमणको ३८ औं वर्षगाँठमा आयोजित एक कार्यक्रममा आक्रमणकारीहरुले शृंखलाबद्ध आत्मघाती विस्फोट गराएका छन् ।’

आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन् । तालिबान आतंकवादी संगठनले एक बक्तव्य जारी गर्दै उक्त शृंखलाबद्ध आत्मघाती विस्फोटमा आफ्नो कुनै संलग्नता नभएको जनाएको छ ।

पछिल्लो समय इस्लामिक अतिवादी संगठन ‘आइएस’ले सिया मुसलमान समुदायका मानिसलाई लक्षित गरी शृंखलाबद्ध आक्रमण गरिरहेका छन् । गत सोमबारमात्रै पनि काबुलस्थित कूटनीतिक नियोगमा गराइएको आत्मघाती विस्फोटमा १० जना मारिएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org