ताजा समाचार

दिल्लीमा फेरी १९ वर्षीय मोडलमाथि सामूहिक बलात्कार

एजेन्सी,१४ पुस । भारतको राजधानी नयाँ दिल्लीमा फेरि अर्को सामूहिक बलात्कारको घटना बाहिर आएको छ । दिल्ली प्रहरीले क्रिसमसका दिन पीडित १९ वर्षीया किशोरीले प्रहरीलाई टेलिफोन गरेर घटनाबारे जानकारी दिएकी छन् ।

पीडित युवतीले आफू मोडलिङको क्षेत्रमा रहेको जानकारी पनि दिएकी छन् । दुई महिनाअघि उनी यसै सिलसिलामा मुम्बई गएकी थिइन् । सोही क्रममा उनको भेट दिल्लीका सतिश नामका युवकसँग भएको थियो ।

युवकले आफूले दिल्लीमा परिचित रहेको र त्यही एक निर्देशकसँग कुराकानी गराउने बताएका थिए । युवकको आश्वासनअनुसार दिल्लीको जामियानगरमा आएर युवती डेरामा बस्दै आएकी थिइन् ।

युवतीका अनुसार दिल्लीमा आएकी उनलाई १५ दिनदेखि सतीशले कही लगेका थिएनन् । सतीशले २४ डिसेम्बरमा युवतीलाई टेलिफोन गरेर दक्षिण दिल्लीको एक भवनमा बोलाएका थिए । सो स्थानमा सतीशसँग जग्गी नामका उनका साथी समेत थिए ।

सो भवनमा सबैले पार्टी गरेर सतीश युवतीलाई लिएर सरोजनी नगर इलाकामा एक फ्ल्याटमा पुगे । सो स्थानमा युवतीलाई नशालु पदार्थ खुवाएर तीन जनाले सामूहिक बलात्कार गरेको युवतीले प्रहरीलाई दिएको बयानमा उल्लेख गरिएको छ ।

बलात्कार भएको भोलिपल्ट २५ डिसेम्बरमा होसमा आएपछि प्रहरीलाई फोन गरेर पीडितले जानकारी गराएकी हुन् । सोही स्थानबाट प्रहरीले आरोवी सतीश र जग्गीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुविरुद्ध प्रहरीले सामूहिक बलात्कारको आरोपमा मुद्दा दर्ता गरेको छ । आरोपीमध्ये एक हरेन्द्र नाम गरेका युवक भने फरार रहेको प्रहरीले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org