ताजा समाचार

राजधानीमा शुक्रबार कण्डमको व्यापार दोब्बरले बृद्धि, कारण जान्दा छक्क पर्नुहोला

काठमाडौं, १५ पुस । शुक्रबारको दिन कण्डमको बिक्रि दोब्बर हुने गरेको पाईएको छ । शुक्रबार हप्ताको अन्तिम दिन र भोली पल्ट बिदा हुने भएकाले दम्पती र युवायुवती शुक्रबार यौन सम्पर्क गर्ने भएकाले कण्डमको बिक्री दोब्बर हुने गरेको मेडिकल हल र कण्डम हाउस सञ्चालक बताउछन् ।

राजधानीका अधिकांश होटेल, लज, गेष्टहाउस, भिलेज रिसोट पनि अरु दिनको तुलनामा शुक्रबार भरिभराउन हुने कारण मध्ये यौन सम्पर्क पनि प्रमुख कारण भएको होटेल, सिसोर्ट र लज सञ्चालकको अनुमान छ । कण्डमका साथै होटेल र रेष्टुराहरुमा मदिराको बिक्री पनि शुक्रबार बढी हुने गरेको पाइन्छ ।

शनिबार विदा हुने भएकाले खानपिन गर्ने र मज्जाले सुत्न पाइने हुनाले पनि नेपालमा शुक्रबारको अझ ठूलो अर्थ छ । काठमाडौंका मेडिकल हल र कण्डम हाउसहरुमा अरु दिनको तुलनामा शुक्रबार कण्डमको बिक्री झण्डै दोब्बर हुने गरेकोले पनि शुक्रबार अधिकांश दम्पती र युवायुवतीले यौन सम्पर्क गर्ने गरेको तथ्यले देखाउँछ ।

बालाजु वाइपासस्थित संजिवनी मेडिकल स्टोरका सञ्चालक महेन्द्र सुव्वा भन्छन, ‘ त्यसमा पनि जाडो मौषममा अझ बढी कण्डम बिक्री हुन्छ । अरु दिन दैनिक २ सय कण्डम बिक्री हुन्छ । शुक्रबार ४ सय सम्म हुन्छ ।’ जाडोमा रुई, फुई र दुई भन्ने त हाम्रो समाजमा उखान नै छ । गर्मी मौषमको तुलनामा जाडोमा यौन सम्पर्क बढी हुनु स्वभाविक रहेको सुव्वा बताउछन् ।

काठमाडौंमा हरेक दिन कति कण्डम खपत हुन्छ ? यसको वास्तविक तथ्यांक कसैसँग नभए पनि दैनिक ५० हजार हाराहारी खपत हुने अनुमान स्वास्थ्य मन्त्रालय, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको छ । तर शुक्रबार भने झण्डै एक लाखसम्म कण्डम बिक्री हुने गरेको मेडिकल सञ्चालकको दावी छ ।

ज्याठास्थित कुमुदीनी ड्रग हाउसकी सञ्चालिका मिरा राजभण्डारी पनि अरु दिनको तुलनामा शुक्रबार कण्डमको विक्री दोब्बर हुने गरेको बताउँछिन् । ‘गुड फ्राइडेका दिन त बिक्री भइहाल्छ नि । ’ उनले भनिन्,‘ हप्तामा सबैभन्दा बढी शुक्रबार नै बिक्री हुन्छ ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org