ताजा समाचार

बन्दुक बोकेर सार्वजनिक स्थलमा हिडेको फोटो फेसबुकमा हालेपछि…

सिरहा, १६ पुस । धनुषामा एक युवकले बन्दुक बोकेर हिँडेको फोटो फेसबुकमा हालेपछि उनी सहित तीन जना पक्राउ परेका छन् ।

गणेशमानचारनाथ नगरपालिका ८ बस्ने लक्ष्मी यादबले सोहि स्थानका इन्द्र कुमार महतो र संजय महतोसँगै बन्दुक बोकेर सार्वजनिक स्थलमा हिँडिरहेको फोटो फेसबुकमा हालेपछि पक्राउ परेका हुन् ।

उनले बन्दुक सहितको फोटो फेसबुकमा पोष्ट गरेपछि तिनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका तीनै जनालाइ अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको जनाइएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org