ताजा समाचार

आफ्नै दाजुले बलात्कार गरेपछि आमालाई सुनाइन्, तर घटना यस्तो भयो

एजेन्सी, १६ पुस । आफ्नै दाजुले आफूलाई बलात्कार गरेपछि आफ्नी आमासँग यसबारे गुनासो गरेकी एक किशोरीले आमाले दिएको जवाफ सुनेपछि छाँगाबाट खसेझैं भइन् । उनकी आमाले उल्टै यसबारे हल्ला नगर्न र हल्ला गरे आफ्नै बिहेमा समस्या हुने बताएपछि ती किशोरी सहारा विहीन भइन् ।

अहिले ती किशोरी आफ्ना बलात्कारी दाजुलाई सजाय दिलाउन प्रहरीकहाँ धाइरहेकी छिन् । थानामा उजुरी दर्ता गरेको ३ दिन भयो तर प्रहरीले अहिलेसम्म आरोपी दाजुलाई पक्राउ गर्न सकेको छैन । अर्कोतर्फ घरमा पीडित किशोरीलाई बस्नै नसक्ने अवस्था आएको छ । परिवारका अन्य सदस्यले उनलाई घरबाट निकालेका त छैनन् तर यतिसम्म बेवास्ता गरेका छन् कि उनी घरमा भएर पनि नभएजस्तो व्यवहार गर्छन् ।

घटना भारतको विहार राज्यको बक्सरको हो । प्रहरीले बिहीबार राती आरोपीलाई पक्राउ गर्न धेरै ठाउँमा छापा मारेपनि केही हात लागेन । आफ्ना दाजुविरुद्ध उजुरी दिन पीडित किशोरी बुधबार प्रहरीकहाँ आएकी थिइन् । प्रहरीलाई दिएको निवेदनमा उनले विगत तीन महिनादेखि दाजुले बलात्कार गरिरहेको आरोप लगाएकी छिन् ।

ती किशोरीले आफूले दाजुको कर्तुत आमालाई भन्दा आमाले चुप बस्न पठाएको बताएकी छिन् । आमाले उनलाई यो कुरा अरुले थाहा पाए समाजमा बदनामी हुने र उनको बिहेमा समस्या हुने बताएकी थिइन् ।

आमाले यस्तो जवाफ दिएपछि ती किशोरीले काकीसँग गुहार मागेकी थिइन् । काकीले पीडित किशोरीलाई लिएर प्रहरीमा गइन् । ती दाजुले बहिनी प्रहरीमा गएको थाहा पाएपछि फरार भएका छन् । उनको मोवाइल फोन पनि बन्द भएको बताइएको छ । किशोरीका अनुसार आफ्ना बाबुआमा र भाइ खेतमा काम गर्न गएको बेला दाजुले उनलाई बलात्कार गर्थे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org