ताजा समाचार

भारतमा एक १९ वर्षीया किशोरीले बनाईन् बलात्कारबाट बचाउने पेन्टी 

एजेन्सी, १६ पुस । भारतमा एक युवतीले बलात्कारबाट बचाउँने पेन्टीको आविस्कार गरेकी छन् । १९ वर्षकी सीनू कुमारीले  ‘रेप प्रुफ पेन्टी’ बनाएकी हुन् । उत्तर प्रदेशको र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारमा हुर्किएकी सीनुले ब्लेड प्रुफ कपडा प्रयोग गरेर बलात्कारबाट बचाउँने पेन्टी बनाएकी हुन् । उनले बनाएको पेनटीलाई काट्न वा जलाउन सकिँदैन । साथै स्मार्ट लक, जीपीआरएस र एक रेकर्डर पनि छ ।

स्मार्ट कल पासवर्डले मात्र खुल्नेछ । सीनू भन्छिन्, ‘यसमा एउटा बटम छ, जसलाई थिच्नासाथ इमर्जेन्सी वा १०० नम्बर डायल हुनेछ ।’ पेन्टीमा राखिएको जीपीआरएसको मदतमा प्रहरीले लोकेसन पत्ता लगाउनेछ र रेकर्डरले आसपासमा जे भइरहेको छ, त्यसलाई रेकर्ड गर्नेछ ।

सीनू भन्छिन्, यो सेटिङमा भरपर्छ कि इमर्जेन्सीमा पहिला कसलाई कल गर्ने ? किनकी १०० र १०९० नम्बर सँधै सुरक्षाका लागि हुनेछ र पुलिस स्टेशन सबै ठाउँमा हुनेछ । त्यसैले यो नम्बर सेट गरिएको हो ।’ यो बनाउन लगभग ४ हजार भारु खर्च भएको उनको भनाई छ । आफैंले रिसर्च गरेर पेन्टी बनाएको उनले बताएकी छिन् ।

सरकार वा कुनै कम्पनीले सहयोग गर्ने हो भने यसलाई अझ राम्रो बनाउन सकिने उनको भनाई छ । यसअघि भारतमा एक रेप प्रुफ ब्राको समेत आविस्कार भईसकेको छ । सबैभन्दा बढी बलात्कारको घटना हुने भारतमा यस्ता सुरक्षात्मक आविस्कारहरु हुँदै आएका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org