ताजा समाचार

पत्नीले आफ्नै पतिको अण्डकोष चपाईन्, अण्डकोष कचौरामा हालेर अस्पत्ताल

एजेन्सी, १८ पुस । अत्यधिक उत्तेजनामा आएर एक महिलाले आफ्नै श्रीमानको अण्डकोष चपाएकी छन् । यो घटना ताइवानको हो । एकजना व्यक्तिलाई यस्तो हालतमा अस्पतालमा ल्याइयो कि जसलाई देख्दैमा सबै अचम्ममा परे । तर, वास्तवमा ती मानिसमाथि जुन बज्रपात भएर अस्पताल ल्याइएको थियो , त्यो थाहा पाउँदा डाक्टरहरु नै झसँग भए ।

द सन पत्रिकाको रिपोर्ट अनुसार ती व्यक्ति आफ्नी पत्नीसँग सहवास गरिरहेका रहेछन् । त्यहीँ बेला उनकी पत्नीले अधिक उत्तेजनामा होस गुमाएर आफ्नै लोग्नेको यौनांग टोकिदिइन् । पत्नीको टोकाइले ती व्यक्तिको दायाँ अण्डकोष नै चुँडियो । त्यस्तो अवस्थामा स्थानीय समय अनुसार रातको २ बजे गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल लगियो ।

५१ वर्षका वांग नामका ती व्यक्ति अस्पतालमा पुग्दासम्म कचौरामा आफ्नो चुँडिएको एउटा अण्डकोष हातमा समाएका थिए । वांग पेशाले एक कार मर्मत कारखानामा काम गर्दछन् । उनकी पत्नीको नाम शाया हो । उनीहरुको धेरै वर्षअघि बिहे भएको थियो ।

दुईजना बच्चा पनि जन्मिसकेका थिए र परिवार खुसीपूर्वक बाँचिरहेको थियो । तर एक्कसी एकरातको त्यो घटनाले उनीहरुको वैवाहिक जिवनमै बज्रपात ल्याइदियो । डाक्टरहरुले श्रीमतीको टोकाइबाट चुँडिएको उनको अण्डकोष पहिलेकै अवस्थामा गाँस्न असफल भए ।

जसका कारण उनको केवल एउटा मात्र अण्डकोष बँचेको छ र अण्डकोषको घाउ पनि निको हुन थालेको छ । अहिले उनको अस्प्तालमा उपचार भैरहेको बताइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org