ताजा समाचार

मलेसियाबाटै नवराज सिलवालले भने, ‘म भागेको हैन्, पूर्व निर्धारित कार्यक्रममा आएको हुँ’

काठमाडौं, १९ पुस । पूर्व डिआइजी एवं नवनिर्वाचित सांसद् नवराज सिलवालले आफु पूर्वनिधारित कार्यक्रमको लागि मलेसिया पुगेको बताएका छन् । प्रहरीले पक्राउ पूर्ज जारी गरेपछि मलेसिया भागेको आरोप लागिरहेका बेला सिलवालले त्यसको खण्डन गरेका हुन् ।

नेकपा एमालेबाट ललितपुर क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद सिलवालले आफु पूर्व निर्धारित कार्यक्रममका लागि मेलेसिया पुगेको भन्दै ‘फरार’ नभएको जानकारी दिए । मलेसियाबाटै टेलिफोनमा कुराकानी गर्दै पूर्व डिआइजी सिलवालले भने, ‘म भागेको भन्ने हल्ला मात्र हो। पूर्वनिर्धारित कार्यक्रमको लागि मलेसिया आएको हूँ।’

आफु ‘एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजीुद्वारा आयोजित ‘इष्ट एसियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेसल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुगेको जनाए ।

सिलवालमाथि मंगलबार नेपाल प्रहरीले कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौँले कार्य सम्पादन मुल्याकंन फारममा कीर्ते गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । सोही विषयमा अनुसन्धान गर्नको लागि भन्दै सिलवाललाई पक्राउ गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ललितपुर प्रहरीको नाउँमा पत्र काटेको हो । गत पुस ५ गते कीर्ते गरेको अभियोगमा जाहेरी दर्ता भएको थियो।

उनले भने, ‘म धेरै पहिला नै निर्धारित भएको कार्यक्रममा भाग लिन आएको हो। सारा मुलुकलाई थाहा छ, मैले कुनै गलत काम गरेको छैन। शेरबहादुर देउवाले चुनावको हारको पीडा कम गर्न राजनीतिक प्रतिशोध साध्न म माथि प्रहारको प्रयास गरेका हुन।’

डिआइजी सिलवालले अनलाइनमा आएको समाचारको आधारमा कासमू फाइल बुझाएको भन्दै आएका छन्। प्रहरीले संञ्चार माध्यमसम्म अति गोप्य फायल कसरी आइपुग्यो भन्ने विषयमा पनि अनुसन्धान शुरु गरेको छ। उनले भने, ‘पक्राउ पुर्जी कसरी र कस्ता व्यक्तिलाई थुनामा राख्दा दिइन्छ जानकारी नहुनेले जथाभावी प्रचार गरेका छन्। म जोसुकैलाई पनिलाई जवाफ दिन तयार छु। कानून राम्ररी बुझेको छु। जनताको पपुलर भोटबाट चुनिएको प्रतिनिधि हुँ। म भाग्ने मान्छे होइन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org