ताजा समाचार

को हुन् मुख छोपेरै पोर्न फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ?

एजेन्सी । पाकिस्तानकी एक पोर्न स्टारले अनेकौ चर्चा पाईरहेकी छिन् । पोर्न उद्योगमा दिनप्रति दिन नयाँ नयाँ व्यक्तिले स्थान पाईरहेका बेला उनी चर्चाको शिखरमा छिन् । यो उद्योगमा लागेपछि अकुत सम्पत्ति कमाउने भएकाले विभिन्न देशका महिलाहरु यसमा आकर्षित छन् । हालै पाकिस्तानकी एक्ली पोर्न स्टारको नाम सार्वजनिक भएसँगै पाकिस्तानमा बबाल मच्चिएको छ ।

अमेरिकामा पाकिस्तानी पोर्न स्टार नादिया अलिको एक अन्तर्वार्ता सार्वजनिक भएपछि उनी रातारात चर्चाको शिखरमा पुगिकी हुन् । पाकिस्तानले नादियालाई प्रतिबन्ध लगाएको छ र यहाँका धेरैजसो मानिसहरु उनलाई घृणा गर्छन् तर पनि उनका प्रशंसकहरुको संख्या दिनानुदिन बढ्दो छ ।

पाकिस्तानकी नादिया अमेरिकामा अश्लिल फिल्म बनाउने गर्दछिन् । र आफ्नो फिल्ममा उनी पाकिस्तानको संस्कृतीलाई झल्काउँछिन् । नादिया कुनै साधारण पाकिस्तानी महिला जस्तै महिलाहरुले मुख छोप्ने वस्त्र ‘हिजाब’ लाई महत्व दिन्छिन् ।

उक्त अन्र्तवार्तामा उनले हिजाबलाई धेरै मानिसहरुले बोझको रुपमा लिएपनि आफूले त्यसलाई अनुशरण गर्ने गरेको बताइन् । । ‘म हिजाब लगाएर धर्मको प्रचार गर्दिनँ, यद्यपी यो पाकिस्तानको एक संस्कृति हो ।’

महिलाले हिजाब नलगाउँदा उनीहरुलाई परिवारले बिग्रिसकेको संज्ञा दिन्छन् । नाजिया भन्छिन्, ‘यदि हिजाब लगाउने महिला सेक्सी छिन् र यो लगाएर उनी सम्भोग गर्न चाहन्छिन् भने यसमा मानिसलाई के को आपत्ति ?’

उनी आफू पाकिस्तानी पोर्न स्टारको रुपमा चर्चित भएकोमा दङ्ग छिन् । उनी भन्छिन्, ‘मैले आफ्नो नाम परिवर्तन गरेर सेली राख्नसक्थें र चर्चित हुन सक्थें । तर यसो गर्दा मलाई सन्तुष्टि मिल्दैन ।’

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org