ताजा समाचार

मानवअधिकारकर्मी कृष्ण पहाडीलाई जथाभावी नबोल्न विप्लवको चेतावनी

काठमाडौं, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मानवअधिकारकर्मी कृष्ण पहाडीलाई जथाभावी नबोल्न चेतावनी दिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मानवअधिकारकर्मी पहाडीलाई जथाभावी नबोल्न चेतावनी दिएको हो ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन खारेज अभियान चलाएको नेकपालाई पहाडीले ‘आततायी’ को संज्ञा दिएका थिए । उनको भनाईपछि नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले कडा सब्दमा त्यसको प्रतिवाद गरेका हुन् । महासचिव विप्लवले जनताले गरेको न्यायपुर्ण संघर्षलाइ कुनै पनि बहाना र आवरणमा बंग्याउने कोशिश नगर्न चेतावनी दिँदै त्यस प्रकारको प्रतिक्रियावादी हर्कत गर्नेहरुलाई जनताले धुलोपिठो पार्ने चेतावनी दिए ।

पहिले काँग्रेस भएर अमेरिका छिरेपछि कथित मानवअधिकारकर्मीको मुकुण्डो लगाएर नेपालका उत्पीडित जनताका पक्षमा गरिने संघर्ष र आन्दोलनको बिरोध गर्न र बिदेशीहरुको एजेण्डको भूमिका खेल्न कथित मानवअधिकारकर्मी बनेको भन्दै पहाडीलाई विप्लवले यस्तो चेतावनी दिएका हुन् । नेकपाले अधिकारकर्मी पहाडीलाई सिआइडीको संज्ञा दिएको छ ।

रातो खबर साप्ताहिकमा लेख लेख्दै उनले पुस ५ गते कृष्ण पहाडीले कान्तिपुर दैनिकमा लेखेको ‘मतदानद्वारा हिंसाको खारेज’ भन्ने लेखमा ब्यक्त भएको बिचारको चर्को खण्डन गरेका हुन् ।

विप्लवले उत्पीडित जाति, क्षेत्र र लिङ्गको पक्षमा एक शब्द बोल्न नसक्ने ब्यक्तिले मानव अधिकारको जामा पहिरिएर तथानाम नबोल्न समेत सुझाव दिदै आवस्यक पर्यो भने पहाडी प्रवृत्तिको ओछ्यान मुनी नै बम पड्किने दिन समेत आउन सक्ने चेतावनी दिए ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org