ताजा समाचार

१७ वर्षको उमेरमै ७ वर्षीय बालिका बलात्कार, १८ वर्ष पुग्दा मुत्युदण्ड

एजेन्सी, २१ पुस । ७ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने एक युवकलाई फासी दिईएको छ । इरानका अमिर होसिन् पि नाम गरेका १८ वर्षीय किशोरलाई बालिका बलात्कार गरी हत्या गरेको आरोपमा झुण्ड्‍‍‍यार फासी दिइएको हो ।

उनले अफगानिस्तानकी बालिकालाई अपहरण गरेर बलात्कारपछि हत्या गरेका थिए । घटना सार्वजनिक भएपछि इरानमा राष्ट्रिय रुपमा नै शोक छाएको थियो । सन् २०१६ को अप्रिल महिनामा अफगान बालिका सत्यस गोर्सेईलाई सो १७ वर्षीय युवकले अपहरण गरी बलात्कारपछि हत्या गरी फरार थिए । बालिकालाई मृत अवस्थामा भेटिएको थियो ।

ती बालिकाका परिवारले उनका हत्यारालाई मृत्युदण्डको सजाय माग गरेका थिए । अदालतले पनि बालिकाको हत्यारा सोही व्यक्ति भएको प्रमाणित भएपछि उसलाई मृत्युदण्डको सजाय दिने फैसला गरेको थियो ।

उनी बलात्कारी र हत्यारा भएको पुष्टी भएपनि १८ वर्षमुनीका नागरिकलाई मृत्युदण्ड दिन नपाइने कानुनी व्यवस्था छ । त्यसैले सो व्यक्तिले ती बालिकालाई बलात्कार र हत्या गरेको प्रमाणित पहिले नै भएको भए पनि १८ वर्ष नपुग्दासम्म यो सजायँ दिइएको थिएन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org