ताजा समाचार

काठ व्यवसायी पौडेलको हत्यापछि बुटवलमा तनाव, आफन्तले गरे चक्काजाम

 

बुटवल, २१ पुस । रुपन्देहीका काठ व्यवसायी बसन्त पौडेल बलु को हत्यापछि सो क्षेत्र तनावग्रस्त बनेको छ । अहिले अञ्चल अस्पताल अगाडि आफन्त, व्यवसायी र सर्वसाधारणको भीडले स्वतः चक्काजाम भएको छ । चक्काजामका कारण यातायात सेवा ठप्प भएको छ ।

अज्ञात व्यक्तिको गोली लागि घाइते भएका व्यवसायी पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । गोली प्रहारको घटनामा दुईजना संलग्न रहेको अनुमान गरिएको बताएका छन् । उनीहरुको खोजी कार्य तीव्र पारिएको र नाकाहरूमा चेकजाँच बढाइएको प्रहरीले बताएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org