ताजा समाचार

अब खाना पकाउने ग्यासको अभाव हुने संकेत, काभ्रेका ३ ग्यास उद्योग बन्द गर्न निर्देशन

काभ्रे, २१ पुस । नेपाल नापतौल तथा गुणस्तर विभागले काभ्रेका तीन वटा ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको छ । शुक्रबार अनुगमनका क्रममा विभागको टोलीले जिल्लामा सञ्चालित तीन वटा ग्यास उद्योग सञ्चालन तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

बनेपा १० स्थित थापा गाउँमा रहेको सगरमाथा ग्यास उद्योग (सगर ग्यास) सूर्य ग्यास र चण्डेश्वरी ग्यास उद्योग (चण्डी ग्यास) को उत्पादन र विक्रि वितरण गर्न रोक लगाइएको विभागका निर्देशक मनोजकुमार उपाध्यायले जानकारी दिए ।

सरकारको गुणस्तर चिन्ह (एनएस) र सरकारी मापदण्डलाई मिच्दै विग्रिएका पुराना र ग्यास लिक भएका सिलिन्डर बजारमा पठाएको भेटिएपछि बन्द गर्न निर्देशन दिईएको हो । निर्देशक उपाध्यायले भने, ‘नेपाल गुणस्तर चिन्ह समेत छैन, कसरी सञ्चालन हुन्छनर कसरी चल्छन् अचम्म छ ?’

उता उद्योगीहरुले भने गुणस्तर चिन्ह लिने प्रक्रियामा भएको दाबी गरेका छन् । साथै सरकारी निकायले उद्योग बन्द गर्दा नाकाबन्दीको जस्तै अभाव हुने तर्क गरेका छन् । सगरमाथा ग्यास उद्योगका मालिक अमृत अग्रवालले सरकारको नियमलाई मानेर नै अगाडी बढ्दा यस्तो निणर्य गरिनु दुखत् भएको बताए ।

विभागको टोलीले भने काभ्रेमा सञ्चालनमा रहेका अन्य दुई ग्यास उद्योगमा भने अनुगमन गरेन ।बनेपा २ नाला बजारमा रहेको उग्रचण्डी ग्यास उद्योग र बनेपा १३ भैंसीपाटीमा रहेको हिमाल ग्यास उद्योगको अनुगमन विना नै विभागको टोली राजधानी फर्किएको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org