ताजा समाचार

कृषि विकास बैंक ठगी काण्डमा सेनाका जर्नेल फसाउने यी युवतीसँग १७० तोला सुन

काठमाडौं, २२ पुस । कृषि विकास बैंकको करिब ५ करोड हिनामिना आरोपमा पक्राउ परेकी सोही बैंककी कर्मचारी दिपीका रेग्मीसँग एक सय ७० ग्राम सुनका गहना भेटिएको छ । ठगीकै पैसाबाट उनले ठुलो मात्रामा गहना खरिद गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

कृषि विकास बैंकले लकरबाट गहना भेटिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए । उक्त गहना सिआईबीले रोक्का गरेको छ । लकरमा विभिन्न किसिमका करिब २ किलो सुनका गहना भेटिएको एसपी श्रेष्ठले बताए । जसको मूल्य करिब ८० लाख रुपैयाँ हुन्छ ।

कृषि विकास बैंकको न्यूरोड शाखामा काम गर्ने दिपिकालाई सिआईबीले मंसिर १४ गते पक्राउ गरेको थियो । बैंककी सहायक टेलरका रुपमा काम गर्ने रेग्मीले अन्तर शाखा कारोबार हिसाब क्लियरीङ देखाएर बैंकमा हिनामिना गर्दै आएकी छिन्। जून घटनामा बैंकका अन्य कर्मचारीहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ।

करिब १ वर्षको अवधिमा बैंकबाट त्यसरी ४ करोड ९१ लाख रुपैयाँ मिहामिना भएको सिआईबीका एसपी श्रेष्ठले बताए । त्यसरी ठगी गरेको पैसा उनले बिदेश घुमेर तथा गहना किनेर सिध्याएको अनुसन्धानमा खुलेको छ । प्रहरीले उनलाई गहना बेच्ने बालाजुमा सुन पसल चलाउने प्रकाश घतानीलाई पनि पक्राउ गरिसकेको छ।

बैंकका शाखा प्रबन्धक प्रेमहरी ढुङगेल, इलेक्ट्रोनिक्स चेक क्लियरीङ शाखाका प्रमुख गोपाल गिरी, कर्जा शाखा प्रमुख महेश्वर मरहठ्ठा र पियन रमेश थापालाई पक्राउ गरिसकेको छ। त्यस्तै बैंकका पूर्व कर्मचारी सलिल रेग्मी पनि पक्राउ परिससकेका छन्। उक्त घोटालमा संलग्न सबैजसो व्यक्तिहरु पक्राउ परिसकेको सिआईबीले जनाएको छ। हिनामिनामा दिपिकालाई सहयोग गरेको देखिएपछि बैंकका अन्य कर्मचारी पनि पक्राउ परेका हुन्।

उक्त घोटाला प्रकरणमा नेपाली सेनाका सहयाक रथी डा. रमेश बिष्टमाथि पनि छानबिन भइरहेको छ। सेनाले आन्तरीक रुपमा उनीमाथि छानबिन गरिरहेको छ। दिपिकाले ठगी गरेकोमध्ये करिब ३३ लाख रुपैयाँ डा. बिष्टको खातामा जम्मा गरेको खुलेपछि उनी अनुसन्धानमा तानिएका हुन्।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org