ताजा समाचार

नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनै लाग्दा भारतीय राजदूतको चुरीफुरी बढ्यो, के होला रहस्य ?

काठमाडौं, २३ पुस । नेपाल नयाँ नयाँ परिवर्तनको बेला भारतको चुरीफुरी धेरै नै हुनेगरेको पाईन्छ । नेपालमा गणतन्त्र ल्याउने समय होस् वा नयाा नयाँ सरकार गठन र भत्काउने खेल होस् यसमा भारतको हात रहनेगरेको नेपाल भारत विज्ञहरुको दाबी रहँदै आएको छ । यसैविच पछिल्लो समय नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनै लाग्दा भारतको नजर अत्यन्तै बढेको छ ।

नेपाली राजनीतिमा प्रत्यक्ष रुपमा हस्तक्षेप गर्दै आईरहेको भारतले नयाँ सरकार गठनको तयारीका बेला नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई सक्रिय बनाएको छ । यतिबेला उनको अस्वाभाविक दौडदूध सुरु भएको छ । वाम गठबन्धन भत्काउने उद्देश्यले देशी तथा विदेशी शक्तिबाट चलखेल भइरहेको वाम गठबन्धनका नेताहरुले नै बताईरहेका बेला पुरीको दौडधूपले थप आशंका बढाएको हो ।

प्रमुख दलका शीर्ष नेतालाई भेटेर पुरी दिल्लीः
पुरीले पुस ५ गते दिल्ली उड्नुअघि एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छुटाछुट्टै भेटघाट गरेका थिए ।

पुरी दिल्ली पुगेसँगै ६ गते साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेका थिए । सो फोनपछि राजनीति पेचिलो बन्दै गएको एक वाम नेताले बताए ।

मोदीले तीन नेतालाई फोन गरेर के कुरा गरे भन्ने खुल्न सकेको छैन । मोदीको फोनपछि गठबन्धनका नेताद्वय ओली र प्रचण्डले सोही राती एक बजेसम्म बालकोटमा छलफल गरेका थिए । मोदीको फोनपछि नै काँग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले अध्यक्ष प्रचण्डलाई बोलाएर पाँच वर्षका लागि प्रधानमन्त्री बन्नका लागि ‘अफर’ विषय पनि बाहिर आएको थियो ।

ओलीको उपेन्द्रसँग अर्थपूर्ण छलफल:
ओलीलाई भेटेर जब पुरी दिल्ली उडे, त्यसपछि नै सप्तरीमा रहेका उपेन्द्रलाई बोलाएर ओलीले छलफल समेत गरेका थिए । ओलीले उपेन्द्र यादवसँग बालकोटमा छलफल गरेपछि राजनीतिमा एकखालको तरङ्ग पैदा भयो । र, दिल्लीबाट फर्के लगतै राजदूत पुरी पुनः सक्रिय भएका थिए । पुरी सक्रिय भएपछि एमालेसँग नजिक हुन चाहेका मधेशी दलका नेताहरु पनि टाढिए र लोकतान्त्रिक गठबन्धनतिर ढल्किए ।

यही क्रममा गठबन्धनमा समस्या भएको भन्नेसम्मको हल्ला फैलिएसँगै एमाले अध्यक्ष ओलीले चितवनमा रहेका प्रचण्डलाई फोन गरेर राजधानी फर्किन आग्रह गरेका थिए । प्रचण्डले उनको आग्रहलाई स्वीकार त गरे तर त्यही दिन फर्केनन् । ओलीले प्रचण्डलाई फोन गरेको तीन दिनपछि मात्र उनी काठमाडौ फर्के । पुस ११ गते फर्केका प्रचण्ड र ओलीबीच त्यही दिन भेटघाट हुने कुरा भनिएपनि १२ गतेमात्र सम्भव भयो ।

पछिल्लो समय पनि ओली र प्रचण्डबीच निर्णायक वार्ता हुन सकिरहेको छैन । आजै ओली र प्रचण्डबीच भेटवार्ता हुने तय भएको भनिएपनि त्यो सम्भव भएन । चितवनमा रहेका प्रचण्ड शनिवार फकिर्न भनिएपनि प्रतिकूल मौसमका कारण आज मात्रै सडक मार्ग हुँदै फर्किदैंछन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org