ताजा समाचार

चीनमा तेल ट्यांकर र मालवाहक जहाज ठोक्किँदा ३२ जना बेपत्ता

काठमाडौं, २३ पुस । चीनमा तेल ट्यांकर र मालवाहक जहाज ठोक्किँदा ३२ जना बेपत्ता भएका छन् । चीनको पूर्वी तटमा पनामामा दर्ता गरिएको सान्ची ट्यांकरले एक लाख ३६ हजार टन इरानी तेल बोकेको थियो । दुर्घटना भएपछि त्यसमा आगो लागेको थियो ।

चीनको यातायात मन्त्रालयले हराइरहेका मानिस जहाज कर्मचारी भएको बताएको छ । त्यसमा ३० जना इरानी र दुई बंगलादेशी छन् । मालवाहक जहाजका २१ जना कर्मचारीलाई भने उद्धार गरिएको छ । सरकारी टीभी सीजीटीएनले ट्यांकरबाट धूवाँका ठूला लप्का उठिरहेको तस्वीर देखाएको छ । यो ठक्कर शांघाईको तटबाट लगभग ३०० किलोमिटर पर भएको थियो ।

आठवटा चिनियाँ जहाजलाई खोजी र उद्धारका लागि पठाइएको चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाले जनाएको छ । ट्यांकर इरानको खर्ग टापुबाट दक्षिण कोरियाको दाएसानतिर जाँदै थियो । त्यसमा ६ करोड डलरबराबरको तेल थियो ।

हङकङमा दर्ता गरिएको मालवाहक जहाज सीइफ क्रिस्टलले ६४ हजार टन अन्न अमेरिकाबाट दक्षिणी चीनको गुआङदोङ ल्याउँदै थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org