ताजा समाचार

दक्षिण कोरियाद्धारा २०१८ का लागि आप्रवासी कामदारको कोटा निर्धारण

काठमाडौं, २३ पुस । दक्षिण कोरियाले २०१८ का लागि आप्रवासी कामदारको कोटा निर्धारण गरेको छ । कोरिया सरकारले दक्षिण तथा मध्य एसियाका १६ राष्ट्रका आप्रबासी कामदारका लागि सन् २०१८ को कोटा निर्धारण गरेको हो ।

सन् २०१८ को कुल ५६ हजार कोटालार्ई गत वर्षकै आधारमा नबढाई सरकारको नीति कार्यान्वयनको कार्यालय, न्याय मन्त्रालय, श्रम मन्त्रालय सहित १२ मन्त्रालय सम्मिलित समितिले गत वर्ष बिभिन्न क्षेत्रमा कामदार अभाबका कारण पर्न गएको असुबिधाको समिक्षा गर्दै यसबर्ष बिभिन्न क्षेत्रमा आप्रवासी कामदारको संख्यालाई बाँडफाँड गरेको हो ।

कोरियाको आप्रवासी कामदार प्रबद्धन गर्ने समितिले कृर्षि क्षेत्रमा काम गर्ने आप्रवासी कामदार प्रति रोजगारदाताले रहनसहन तथा कामकाजप्रति गरिने ब्यबहारलाई सुधार गर्नुपर्ने र नगरिएमा कृर्षि क्षेत्रको आप्रवासी कामदार कोटालाई अंकुश लगाउन सरकारलाई अनुरोध गरेको छ ।

सन् २०१७ मा दक्षिण कोरियाको न्यायिक निकायले १३ हजार २२५ अवैधानिक आप्रवासी कामदार पक्राउ पश्चात स्वदेश फिर्ती कारण पनि सन् २०१८ मा आप्रवासी कामदार संख्या निर्धारणमा महत्वपूर्ण भुमिका रहेको र अबैधानिक आप्रवासीलाई रोजगार उपलब्ध गराए बापत २९४९ रोजगारदाताबाट २० मिलियन कोरियन वोन क्षतिपूर्ति लिएका कारण अबको कोरियाको श्रमवजारमा श्रमसंख्यामा तिब्रमात्रामा आप्रवासी कामदारको माग रहने अनुमान छ ।

कोरियाको श्रम मन्त्रालयले जनाएअनुसार उत्पादनमुलक क्षेत्रका लागी कुल ४२ हजार ३ सय र कृषि क्षेत्रमा ६ हजार ६ सय आप्रवासी कामदारलार्ई जनवरी, अप्रिल, जुलार्ई तथा अक्टोवर सम्ममा कार्यक्षेत्रमा आपूर्ति गरिनुका साथै कुल कोटाको साठ्ठी प्रतिशत जुन सम्ममा पुरा गरिने छ ।

कुल कोटा मध्ये मत्स्यपालनमा यसबर्ष २६००, निर्माण क्षेत्रमा २४०० लगाएत सेवा क्षेत्रमा १०० कोटा निर्र्धारण गरेपनि नेपाली कामदारका हकमा भने मत्स्यपालन, निर्माण एंवम सेवा क्षेत्रमा सरकारले अनुमति नदिएका कारण यो क्षेत्रमा माग हुँने छैन ।

कोरियाको चार बर्ष दश महिनाको भिषा अबधिमा एकपटक पनि रोजगारस्थल परिवर्तन नगरी स्वदेश फिर्ता भएका र रोजगारदाताले चाहेर आउँन र्ईच्छुक आप्रबाशी कामदारका हकमा गतबर्ष छुट्टै शिर्षकमा १३००० कोटा निर्धारण गरेपनि यसबर्ष कुल कोटाबाट नै कटौती गरि ल्याईनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org