ताजा समाचार

प्रहरीको छापा बढेपछि ठमेलका सुन्दरीहरु तराईका बजारतिर

काठमाडौं, २३ पुस । ठमेलका पर्यटन व्यावसायी र त्यस क्षेत्रका सुरक्षाकर्मीहरुको कडीकडाउ हुन थालेपछि यौनकर्मी युवतीहरु भागेर तराईका राजमार्ग क्षेत्रका बजारहरुमा भेटिन थालेका छन् ।

गत साता चन्द्रनिगाहापुरस्थित केही होटलमा प्रहरी र स्थानीयले घेरेर छापा मार्दा ठमेलबाट त्यहाँ पुगेका चार जना सुन्दरी यौनकर्मी र उनीहरुसँगै रमाइरहेका केही केटा र भलाद्मीहरु पक्राउ परे ।

अघिल्लो साता इटहरीस्थित दुईटा होटलमा प्रहरीले रेट मार्दा ठमेलबाटै त्यहाँ पुगेका आधा दर्जन युवती र विराटनगरका अल्लारे केटाहरुसँगै दुई जना व्यवसायी समेत पक्राउ परे । दुई साता पहिले पथलैयास्थित एउटा होटलमा प्रहरीले दुई जना महिला र तीन जना पुरुषलाई रंगेहात पक्राउ गर्यो ।

राजधानीमा सेलाउँदै गएको धन्दा चम्काउन पुगेका युवतीहरुबाट राजमार्ग क्षेत्रका होटल र लजहरुमा अनैतिक कृयाकलाप बढेको भन्दै स्थानीयले प्रहरी गुहार्दै पक्राउ गर्न थालेपछि त्यता पुगेका युवतीहरु त्यहाँको विकल्प रोज्न थालेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org