कालिकोट घटनामा प्रहरीको गजवको निष्कर्षः आफैं गोली चलाएर म्यादी प्रहरी मार्ने, दोष विप्लवलाई
काठमाडौं, २४ पुस । दुई साताअघि कालिकोटमा भएको म्यादी प्रहरीको आन्दोलनमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको घुसपैठ भएको निष्कर्ष निकालिएको छ । सो घटनाको छानबिन गर्न बनेको समितिले विप्लव पार्टीको घुसपैठ भएपछि दोहोरो झडप भएका कारण गोली चलेको ठहर गरेको हो।
म्यादी प्रहरीको आन्दोलनमा विप्लव पार्टीको सहयोगकै कारण म्यादीले प्रहरीमाथि आक्रमण गरेको र प्रहरीलेस्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको समितिको ठहर छ । तलबभत्ताको विषयलाई लिएर आन्दोलनमा उत्रेका म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा म्यादी प्रहरी ऐडीको मृत्यु भएको थियो ।
आन्दोलनका क्रममा म्यादी प्रहरीलाई स्थानीय विप्लवका कार्यकर्ताले हौस्याएको प्रतिवेदनमा उल्लेख गरिएको समाचार आजको राजधानी दैनिकमा छ। समितिले आइतबार गृहसचिव मोहनकृष्ण सापकोटालाई बुझाएको प्रतिवेदनमा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली प्रहार गर्नुपरेको उल्लेख गरिएको छ।
कालिकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुवासचन्द्र बोहरालाई सामान्य चेतावनी र प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाई पनि सामान्य विभागीय कारबाही सिफारिस गरिएको छ। ‘कालिकोट घटनाको प्रतिवेदन आइतबार सचिवलाई बुझाइएकोछ, त्यसभित्र के के छ अहिले नै भन्न मिल्ने अवस्था छैन’ गृह मन्त्रालयका प्रवक्ता नारायणशर्मा दुवाडीले भने।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...