ताजा समाचार

एक बाबुले भर्खर जन्मिएकी आफ्नै नवजात शिशु १५ हजारमा बेचेपछि…

एजेन्सी, २४ पुस । भारतमा भर्खरै जन्मिएकी नवजात शिशुलाई आफ्नै बाबुले बेचिदिएको खुलाशा भएको छ । भारतको लखनउ रामपुर जिल्लाको रतनपुरा गाउँका नबी अहमतदेले आफुनै भर्खरै जन्मिएकी नवजात शिशुलाई १५ हजार भारुमा बेचेको खुलाशा भएको हो ।

उनकी श्रीमती जियाराले ३ जनवरीका दिन जिल्ला अस्पतालमा छोरीलाई आठौं सन्तान पनि छोरी जन्मिएपछि नबीले छोरीलाई नै बेचिदिएका हुन् । यतिमात्र होइन आफैंले आफ्नी छोरी बेचेर अस्पतालबाटै छोरी हराएको नाटक समेत गरे । सुत्केरीले हल्लाखल्ला गरेपछि प्रहरी घटनास्थल पुग्यो । प्रहरीको अनुसन्धानले छोरी बेचिएको खुलासा भएको हो ।

जिल्ला अस्पतालमा छोरीलाई जन्म दिएकी जियारा छोरी जन्माउने क्रममा बेहोस पत्नी होसमा नआउँदै उनका श्रीमान्ले छोरीलाई १५ हजारमा बेचिदिएका हुन् । महिला होसमा आएपछि उनले आफ्नो सन्तान देखिनन् त्यसपछि उनले हल्लाखल्ला गरिन् ।

घटनास्थलमा प्रहरी पुगेर कडाइका साथ सोधपुछ गरेपछि घटनाको खुलासा भएको हो । छोरी बेचिदिएकोमा अस्पताल प्रशासनले फिर्ता गरिदिएको छ । नबी अहमदले छोरीको राम्रोसँग पालनपोषण होस् भनेर दिएको बताए पनि बालिका लिनेले भने आफूले १५ हजारमा किनेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org