ताजा समाचार

तलब असमान भएको भन्दै बीबीसी सम्पादक ग्रेसीद्धारा राजीनामा

काठमाडौं, २४ पुस । बीबीसी चिनियाँ सेवाकी सम्पादक क्यारी ग्रेसीले पदबाट राजीनामा दिएकी छन् । असमान तलबको मुद्दालाई लिएर उनले राजीनामा दिएकी हुन् । बीबीसीमा पुरुष कर्मचारीको तुलनामा महिलालाई कम तलब दिइएको भन्दै उनले राजीनामा दिएकी हुन् ।

तीन वर्ष बीबीसीमा काम गरेकी उनले एक खुला पत्रमा बीबीसी कर्पोरेशनमा ‘गोप्य र गैरकानुनी तलब संरचना’ रहेको आरोप लगाएकी छन् । डेढ लाख बेलायती पाउण्डभन्दा धेरै तलब पाउने कर्मचारीमा दुई तिहाई पुरुष भएको जानकारी पाएपछि बीबीसीमाथिको विश्वासमा संकट आएको उनले बताइन् ।

गत जुलाइमा बीबीसीले वार्षिक डेढ लाख पाउण्डभन्दा बढी तलब खाने कर्मचारीहरुको तलब सार्वजनिक गर्नुपरेको थियो । बीबीसीमा दुई पुरुषले अन्तर्राष्ट्रिय सम्पादक महिलालेभन्दा कम्तिमा ५० प्रतिशत बढी तलब पाउने थाहा पाउँदा आफू निकै हताश भएको ग्रेसीले बताएकी छन् ।

बीबीसी अमेरिकाका सम्पादक जोन सेपेलले दुईदेखि साढे दुई लाख पाउण्डको बीचमा तलब पाउँथे भने मध्यपूर्वका सम्पादक जेरेमीको तलब डेढदेखि २ लाख पाउण्डको बीचमा थियो । यद्यपि यो सूचीमा ग्रेसीको नाम थिएन, यसको अर्थ उनको तलब वार्षिक डेढ लाख पाउन्ड छैन । ग्रेसीले आफ्नो खुलापत्रमा तलब बृद्धि नभई बराबरी चाहिएको बताएकी छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org