ताजा समाचार

यूएईमा पाँच वर्षमा ३४७ नेपालीको मृत्यु, एक वर्षमा मात्रै ८४ जना

यूएई, २५ पुस । एक वर्षको अवधीमा रोजगारीको लागि यूएई गएका ८४ नेपालीको ज्यान गएको छ । सन् २०१७ मा रोजगारीका लागि युएई पुगेका ८४ जना नेपालीहरुको ज्यान गएको तथ्याङक सार्वजनिक भएको छ । यो सन् २०१३ यताको अहिलेसम्मकै धेरै हो ।

मृत्यु हुनेहरुमा ७६ जना पुरुष र ८ जना महिला रहेका छन् । ४३ प्रतिशतको प्राकृतिक कारणले ज्यान गएको छ । भने ३१ प्रतिशतको आत्महत्याका कारण ज्यान गएको छ भने दुर्घटनामा परी २६ प्रतिशतको ज्यान गएको छ । यो संख्या सन् २०१६ भन्दा १८ जनाले धेरै हो । सन् २०१६ मा ६६ जना नेपाली कामदारको ज्यान गएको थियो । मृत्यु हुनेमा सबैभन्दा धेरै प्राकृतिक कारण ३६ जनाको मृत्यु भएको छ ।

प्राकृतिक कारण अन्तर्गत हृदयघात, मष्तिस्क पक्षघात तथा रक्सी खाएर धेरैले ज्यान गुमाएका छन् । त्यसमध्ये २४ जनाको हृदयघातका कारण, ९ जनाको विभिन्न रोग लागेर र १ जनाले रक्सीको कारण ज्यान गएको छ । बाँकी दुई जनाको मृत्युको कारण खुलेको छैन ।

नेपाली दूतावास अबुधावीको ४ वर्षको रेकर्ड हेर्ने हो भने सन् २०१६ मा ६६ जना, सन् २०१५ मा ६४ जना, सन् २०१४ मा ६३ जना र सन् २०१३ मा ७० जनाको मृत्यु भएको थियो । खाडी मुलुकहरुमध्ये नेपाली कामदारहरुका लागि युएई उपयुक्त मानिदै आएको छ । यूएईमा नेपाली कामदारहरुको सरकारी तथ्याङ्क नभएता पनि करिब २ लाख ५० हजारको हाराहारिमा रहेको अनुमान छ ।

आत्माहत्या गर्ने महिला धेरैः
गएको वर्ष २६ जनाले आत्महत्या गरेका छन् । जुन सख्या सन् २०१६ भन्दा १४ जनाले धेरै हो । सन् २०१६ मा १२ जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेमा पुरुष भन्दा धेरै महिला रहेका छन् ।

५ वर्षमा ३४७ जनाको मृत्युः
पछिल्लो ५ वर्षमा युएईमा ३ सय ४७ जना नेपालीलेको ज्यान गएको छ । जसमध्ये ३ सय १७ जना पुरुष र ३० जना महिला छन् । यो ५ वर्षमा सडक दुर्घटना र जाँड खाएर ज्यान गुमाउनेको संख्या बढेको छ । सडक दुर्घटनामा ज्यान गुमाउने मध्ये धेरैजना पहिलो पटक विदेशिएका नेपाली भएको दूतावासले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org