ताजा समाचार

क्यालिफोर्नियामा लेदोसहितको पहिरोमा मर्नेको संख्या १७ पुग्यो

काठमाडौं, २७ पुस । अमेरिकाको क्यालिफोर्नियामा लेदोसहितको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । लगातारको वर्षासँगै बुधबार गएको लेदोसहितको पहिरोमा पुरिएर अझै १३ जना हराइ रहेका छन् ।

लेदोसहितको पहिरोका कारण २८ जना घाइते भएका छन् । उद्धारकर्मीले अहिले पनि बेपत्ताको खोजी तथा उद्धार गरिरहेका छन् । लगातारको वर्षसँगैको बाढी तथा लेदोसहितको पहिरोका कारण दक्षिणी क्यालिफोर्नियामा मानवीय क्षति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

क्यालिफोर्नियाको मोन्टेसिटोक्षेत्रमा लेदोसहितको पहिरो गएको हो । पहिरोका कारण एक सय भन्दा धेरै घरमा पूर्ण तथा अरु तीन सय घरमा आंशिक क्षति भएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org