ताजा समाचार

विना विभागीय बनेको ८६ दिनपछि माओवादी मन्त्रीहरुद्धारा सामूहिक राजीनामा

काठमाडौं, २८ पुस । विना विभागिय हैसियतमा रहेका माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट फिर्ता भएका छन् । विनाविभागीय मन्त्रीको हैसियतमा रहेका ८६ दिनपछि माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउावसमक्ष राजीनामा बुझाएका हुन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा नौ मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विनाविभागीय बनाएका थिए ।

माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका विनाविभागीय मन्त्री कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले मन्त्री पोख्रेलको नेतृत्वमा राजीनामा बुझाइएको स्वंय मन्त्री गिरिराजमणि पोख्रेललले जानकारी दिए ।

पार्टीको निर्णय अनुसार आफुहरुले राजीनामा दिएको बताउँदै मन्त्री पोख्रेलले अध्यक्ष प्रचण्डले लेखेको पत्र बुझाएको बताए । मन्त्री पोख्रेलले भने आफुलाई विनाविभागीय घोषणा भएयताको पारिश्रमिक पनि नलिने घोषणा गरेको बताए ।

माओवादी केन्द्रले पत्रमा प्रधानमन्त्रीलाई सत्ता छिटो हस्तान्तरण गर्नका लागि पनि आग्रह गरेको छ । सरकार छाडेको पत्रमा नै माओवादीले प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि सत्ता लम्ब्याउन खोजेको भन्दै छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आग्रह गरेको छ ।

  • सम्पादकः शिर्षक सच्याईएको 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org