ताजा समाचार

छोटो लुगामा महिला देख्ने विक्तिकै किन पुरुषमा उत्तेजना बढ्छ ?

काठमाडौं, २८ पुस । महिला र पुरुषले एक–अर्कालाई देख्दा यौन उत्तेजना हुने विषयलाई लिएर प्रशस्त चर्चा भएको पाइन्छ । विभिन्न लेखहरूमा उल्लेख गरिएअनुसार आकर्षक महिला वा छोटो पहिरनमा सजिएका महिलाहरूलाई देख्दा पुरुषहरू यौन उत्तेजना (भिजुअल अराउजल) हुन्छ भन्ने उनीहरूको विश्लेषण छ ।

यसलाई पुष्टि गर्न पुरुषहरूले अश्लील चलचित्र बनाउन बढी मन पराउँछन् र हेर्न पनि चाहन्छन् भन्ने तर्क गरिन्छ । यसले गर्दा उनीहरूलाई भिजुअल अराउजल हुन्छ भनिएको हो, तर यसलाई मात्र आधार मानेर पुरुषमा हेरेर भिजुअल अराउजल हुन्छ भन्नु तर्कसंगत हुँदैन ।

यो विषय चर्चामा मात्र छैन, अध्येताहरूका लागि अनुसन्धानको उच्च प्राथमिकतामा समेत छ । यो विषयमा धेरैले चासो र चर्चा गरिरहेको हुँदा यससम्बन्धी धेरै अनुसन्धान भएका छन् । त्यसमध्ये एउटा अनुसन्धानका क्रममा महिला र पुरुष दुवैलाई एकै प्रकारको यौन उत्तेजना हुने चलचित्र देखाइएको थियो र दुईमध्ये कुनमा बढी उत्तेजना हुन्छ भनेर मापन गर्ने यन्त्र जडान गरिएको थियो ।

उक्त यन्त्रले उत्तेजना हुँदा यौनाङ्गमा रगतको प्रवाह कति हुन्छ भनेर मापन गथ्र्यो । यसरी गरिएको अनुसन्धानले दुवै जनामा रगतको प्रवाह एकै किसिमले भएको र यौन उत्तेजना बराबर भएको पाइएको थियो । यसरी अनुसन्धानले महिला र पुरुष दुवैमा भिजुअल अराउजल हुने र उनीहरू दुवैको दृष्टि क्षमता बराबर हुने कुरालाई पुष्टि गरेको थियो ।

एउटा कुरा फरक छ र त्यो के भने भिजुअल अराउजलसम्बन्धी अभिव्यक्ति गर्ने तौरतरिकामा भने महिला र पुरुषबीच फरक स्वभाव देखिन्छ । धेरैजसो संस्कृति अनि समाजमा महिलाले आफ्नो यौनइच्छाका बारेमा अभिव्यक्ति गर्नुलाई पापका रूपमा लिइन्छ ।

त्यो कतिपय समाजमा स्वीकार्य पनि हुँदैन् । कतिपय समाजमा यदि महिलामा कुनै किसिमको यौनइच्छा जागृत हुन्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्ने मान्यता हुन्छ । त्यसैले धेरैजसो संस्कृतिमा महिलाले सजिलैसँग आफ्नो यौनइच्छा व्यक्त गर्दैनन् । त्यसैले कतिपय लेख वा पुस्तकले महिलामा हुने भिजुअल अराउजलका बारेमा ठोस रूपमा उल्लेख गर्न नसकेका हुन सक्छन्।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org