ताजा समाचार

आफ्नो पर्स चोरी भएपछि महिलाले आत्महत्या प्रयास गरिन्, के थियो पर्समा ?

एजेन्सी, ३० पुस । आफ्नो पर्स चोरी भएपछि एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् । आफ्नो पर्स चोर िभएपछि भारतको लखउनकी सरिता नाम गरेकी महिलाले गुडिरहेको बसअगाडि हामफालेर आत्महत्याको प्रयास गरेकी हुन् । तर बस चालकको सुझबुझका कारण महिलाको ज्यान बचेको छ ।

आफ्ना श्रीमानको उपचारको लागि अस्पताल आएकी ती महिलाको पर्समा ५० हजार भारतीय रुपैयाँ रहेको बताइएको छ । पर्स चोरी भएपछि ती महिलासँग एक पैसा पनि बाँकी रहेन । पैसा बाँकी नरहेपछि उपचार गराउन र घर फर्कन समेत नसक्ने स्थिति आयो । पैसा चोरी भएपछि निकै तनावमा रहेकी सरिताले आत्महत्याको प्रयास गरेकी हुन् ।

एक वर्ष अगाडि भारतको लखनउको पीजीआए (पोस्टग्रयाजुएट एन्ष्टिच्युट) मा अपरेशन भएको थियो । यही सिलसिलामा जाँच गराउन उनी पुनः सोही अस्पताल आएकी थिइन् । घटनाको जानकारीपछि आएका प्रहरीले यो जानकारी आफ्ना एसएसपी दीपक कुमारलाई दिए ।

दीपक कुमारले तत्कालै यसबारे पीजीआर्इ इन्स्पेक्टर अरुण कुमारलाई फोन गरेर पीडित दम्पत्तिलाई सहयोग गर्न आग्रह गरे । अस्पतालले यसपटकको जाँच निःशुल्क गरिदिएको छ । अरुण कुमारले दम्पतिलाई १० हजार रुपैयाँ सहयोग समेत गरेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org