ताजा समाचार

धम्की दिन बन्द गर्न भारतलाई पाकिस्तानको चेतावनी, ‘सक्छौं भने गरेर देखाउँ’

एजेन्सी, ३० पुस । भारतलाई सैन्य कारवाहीको धम्की नदिन पाकिस्तानले चेतावनी दिएको छ । भारतका स्थल सेनाध्यक्ष जनरल बिपीन रावतको भनाईपछि पाकिस्तानले कडा प्रतिक्रिया जनाउँदै त्यस्ता धम्की नदिन चेतावनी दिएको हो । पाकिस्तानले भारतबाट हुने कुनै प्रकारको हमलाको कडा प्रतिवाद गर्न आफू सक्षम रहेको दावीसमेत गरेको छ ।

भारतीय सेनाध्यक्ष रावतले बुधबार पाकिस्तानभित्रै पसेर आक्रमण गर्न पनि पछि नपर्ने बताएका थिए । सरकारले आदेश दिएमा पाकिस्तानी सीमा भित्रै पसेर आक्रमण गर्न भारतीय सेना तयार रहेको उनको भनाई थियो । उनले पाकिस्तानसँग परमाणु हतियार रहे पनि त्यसबाट आफूहरु बिचलित नहुने समेत बताएका थिए ।

जवाफमा पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पाकिस्तानको सरकारी टेलिभिजनसँग कुरा गर्दै भने, ‘भारतले के गर्छ भन्ने कुरा उसैमा भर पर्छ, तर भारतले हाम्रो धैर्यको परीक्षा लिन चाहेको हो भने उसले चाहेको गर्दा हुन्छ, तर त्यसको परिणामका लागि पनि ऊ तयार रहोस् ।’ दुई देशका सेनाध्यक्षको यस्तो भनाईले केही समय समय शान्त बनिरहेका भारत पाकिस्तानबीचको विवाद झन बल्झिने संकेत दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org