ताजा समाचार

पार्किङ गरेर माइक्रोबस नै चोरी, चालकसहित २ जना पक्राउ

काठमाडौं, ३० पुस । काठमाडौंमा गएराति एउटा माइक्रोबस नै चोरी भएको छ । काठमाडौं महानगरपालिका -१५ स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरी राखेको बा१ज ८१७१ नम्बरको माइक्रोबस चोरी भएको हो ।

प्रहरीले माइक्रो चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने २६ वर्षीय सन्जिन तामाङसहित २ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । मोटरसाईकल चोरी भएको घटना त पटक पटक सुन्दै आएकोमा अब भने माईक्रोबस नै चोरी भएको घटना पनि सुन्न पाईएको हो ।

File Photo

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org