ताजा समाचार

संखुवासभामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ५ जनाको मृत्यु

संखुवासभा, ३० पुस । संखुवासभामा जीप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ५ जनाको ज्यान गएको छ । मकालु गाउँपालिकातर्फ जाँदै गरेको जित गढीबजार नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष कटुवालसँगै, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुबासचन्द्र कुइँकेल र मकालुमा बस्दै आएका हेदाङ्नाका सुरेश राईसहित पाँचजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । दुर्घटनामा परेका अन्य दुईजनाको सनाखत हुन बाँकी रहेको छ । उक्त जीपमा १२ जना भन्दा धेरै यात्रु सवार थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org