ताजा समाचार

आफ्नै हजुरबुबा र हजुरआमाको हत्या गर्ने व्यक्ति ७ वर्षपछि पक्राउ

दाङ, १ माघ । सात वर्षअघि आफ्नै हजुरबुबा र हजुरआमाको हत्या गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले बाँकेको कोहलपुरका नरेशकुमार कुमाल चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीले २३ जेठ ०६७ मा दाङको साबिक परस्पुर गाविस–५ बस्ने हजुरबुबा ५५ वर्षीय मणिराम कुमाल चौधरी र ५० वर्षीय हजुरआमा आशुकुमाल चौधरीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

उनलाई सीआइबीको टोलीले उनलाई सोमबार बाँकेको कोहलपुर–११, न्यूरोडबाट पक्राउ गरेको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए । पक्राउ परेका चौधरीले घटना लगत्तै भागेर भारततिर बसेको बयान दिएको छन् ।

उनी माघे सङ्क्रान्तिको वेला घर आएको वेला सीआईबीले पक्राउ गरेको हो । पक्राउ परेका चौधरीमाथि थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय, गढवा बुझाइएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org