वडाअध्यक्षको फेरियो नाम, अब भए चर्पीदाता, छोराको जन्मदिनमा चर्पी नै उपहार
भद्रपुर २ माघ । झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ भने उनी चर्पीदाताको रुपमा चिनिन थालेका छन् । विगतदेखि नै सामाजिक कार्य गर्दै आएका कटुवाल अहिले चर्पीदाताको रुपमा चिनिन्छन् । उनले आफ्नो वडाका अतिविपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्यक्तिगत तवरबाट सहयोग गर्नेमात्र होइन, आफ्नो छोराको जन्मदिनमा समेत एक दृष्टिविहीनलाई चर्पी बनाउने सामान हस्तान्तरण गरेका छन् ।
हालैको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष भएपछिको पहिलो काम उनले आफ्नो वडामा रहेका चार विद्यालयका एकरएक विद्यार्थीलाई निजी स्तरबाट छात्रवृत्ति प्रदान गर्ने निर्णयले उनलाई थप सामाजिक काम गर्ने हौसला बढेको पाइन्छ । “मैले वडाको पैसाबाट नभई आफ्नै लगानीमा विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्ने सोच बनाएको थिएँ”, उनले भने, “तर, गाउँमा खुल्ला दिसामुक्त अभियान चलेपछि छात्रवृत्ति कोष स्थापनालाई केही पर सारेर चार विद्यालयका एक÷एक जना विपन्न विद्यार्थीको घरमा चर्पी बनाउनका लागि आवश्यक सामान दिएँ ।”
चर्पी बनाउनका लागि उनले सिमेण्टका चारवटा रिङ, त्यसको ढक्कन, वाटरसिल प्यान र पाइप दिएका छन् । चर्पीको माथिल्लो संरचना तयार गर्नका लागि आफ्नो घरमा बाँस नहुनेलाई बाँस पनि सहयोग गरेका छन् । “प्यान जडान गर्नका लागि सिमेण्टसमेत किन्न नसक्नेलाई सिमेण्टसमेत सहयोग गरेको छु”, उनले सुनाए ।
यही पुस २ गते छोरा आगमन कटुवालको जन्मदिनको अवसरमा छोरालाई जन्म दिनको उपहारको बारेमा सोचिरहेका केदारलाई लाग्योः कुनै एक विपन्नलाई चर्पी बनाउने सामान नै उपहार दिन पाए झनै भलो होला ।
त्यसैले उनले दृष्टिविहीन बज्रबहादुर कार्कीलाई चर्पी बनाउने सामान हस्तान्तरण गरे, त्यो पनि छोराको हातबाट । वडाध्यक्ष कटुवालतर्फ संकेत गर्दै बज्रबहादुरले भने “उहाँकै गाडीमा सामान राखेर ल्याइदिनुभयो, चर्पी बनाउने बाँस पनि उहाँकै घरबाट ल्याएँ ।”
खुल्ला दिसामुक्त अभियानका क्रममा सञ्चारकर्मीको टोली बज्रबहादुरको घरमा पुग्दा उनले भनेृ, “बाँसको टाटी त आफैँ बनाएँ, अब सिमेण्ट पाएँ भने बाँसको टाटीमा सिमेण्ट लगाएर चिटिक्कको चर्पी बनाउथेँ ।”
बज्रबहादुरको बोली खस्न नपाउँदै केदारले भन्नुभयो, “बजारको पसलमा आज सिमेण्ट आइसकेको छ, एक बोरा सिमेण्ट ल्याएर चिटिक्कको चर्पी बनाउनु । पैसा मेरो नाममा लेखिदिनु ।”
केदारको ‘चर्पी सपना’ सकिएको छैन । आफ्नो गाउँपालिकालाई नै खुल्ला दिसामुक्त गरेपछि मात्र वडाको नियमित काममा फर्किने उनको योजना छ । “अझै आठदश जना विपन्नलाई व्यक्तिगत तवरबाट चर्पी बनाउने सामान दिँदा समुदाय खुल्ला दिसामुक्त हुन्छ भने हामीले सहयोग नगरे कसले गर्ने ?”
“अब गाउँपालिकालाई नै खुल्ला दिसामुक्त घोषणा गर्दैछौँ, शहीद सप्ताहको अवसर पारेर”, सञ्चारकर्मीको टोली गाउँबाट बिदा हुनैलाग्दा उनले निमन्त्रणा गर्न पनि भ्याइहाल्नुभयो, “खुल्ला दिसामुक्त घोषणा समारोहमा पनि आउनुपर्छ है ।” रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...