ताजा समाचार

सरकारले यी व्यक्तिलाई तोक्दैछ सातै प्रदेशका प्रदेश प्रमुख, को को परे नामावलीसहित

काठमाडौं, २ माघ । लामो समयको रस्साकस्सी पछि सरकारले आज सातै प्रदेशका प्रदेश प्रमुख तोक्न लागेको छ । निर्वाचन सम्पन्न भएको ४० दिनपछि सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख तोक्न खोजेपनि वाम गठबन्धन त्यसबाट पछि हटेको थियो ।

वाम गठबन्धन जिम्मेवार नदेखिएपछि सरकारले आफ्नै निर्णयमा प्रदेश प्रमुख नियुक्त गर्न लागेको हो । निर्वाचन आयोगले बिहीबारसम्म पनि प्रदेश प्रमुख र अस्थायी केन्द्र नतोकिए माघ २४ को राष्ट्रिय सभा सदस्य चुनाव प्रभावित हुने बताएको थियो । आयोगको ताकेतापछि प्रधानमन्त्री देउवाले आफ्नै निर्णयमा प्रदेश प्रमुख तोक्न लागेका हुन् ।

आज दिउँसो साढे ४ बजेपछि बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख तोक्नु र अस्थायी केन्द्र तोक्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाले प्रदेश प्रमुखमा पूर्वसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङ, मोहनराज मल्ल, अनुराधा कोइराला, रत्नेश्वरलाल कायस्थ, उमाकान्त झा, दुर्गाप्रसाद खनाललगायतलाई तोक्ने तयारी गरेको देउवाको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएका र कुनै विवादमा नपरेका व्यक्तिलाई प्रदेश प्रमुख बनाउने सरकारको तयारी अन्तर्गत उनीहरुलाई छानेको देउवा स्रोतको दावी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org