ताजा समाचार

अश्लिल भिडियो बनाएको भन्दै महिलाले गरिन् सशस्त्रका निलम्बित जवानको हत्या

कञ्चनपुर, २ माघ । अश्लिल भिडियो बनाएको भन्दै एक महिलाले एक पुरुषको हत्या गरेकी छन् । कञ्चनपुरको भिमदत्त नगरपालीका १८ कटानमा बस्दै आएकी ३० वर्षिया धर्मा बोहोराले आफुलाई अचेत बनाएर अश्लिल भिडियो बनाएर ब्याल्कमेल गरेको भन्दै एक पुरुषको हत्या गरेकी छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका ३ घर भएकी धर्माले बैतडी दशरथचन्द नगरपालीका २ देहीमाडौंका २५ वर्षिय राजु बोहोराको हत्या गरेकी हुन् ।  राजु सशस्त्र प्रहरी बलको जवान पदबाट निलम्बित हुन् भने धर्मा विवाहिता हुन् ।

आफुलाई खाने कुरामा नशालु पदार्थ मिसाएर खुवाउँदै अश्लिल भिडियो बनाएको र त्यही भिडियो देखाएर ब्याल्कमेल गरेको भन्दै धर्माले सोमबार राति धारिलो हतियार प्रहार गरी राजुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हत्या अभियोगमा पक्राउ परेकी बोहोरालाई प्रहरीले हिरासतमा राखि थप अनुसन्धान अघि बढाएको छ ।

File Photo

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org