ताजा समाचार

दिवा भोज खान शीर्ष नेताहरु भारतीय दूतावासतिर, केपी ओली भने पोखरातिर

काठमाडौं, १२ माघ । दिवा भोज खान नेपालका शीर्ष नेताहरु भारतीय दूतावासतिर लागेका छन् । छिमेकी मुलुक भारतले आज मनाउन लागेको ६९ औँ गणतन्त्र दिवसका अवसरमा आयोजित भोज खान शीर्ष नेताहरु नेपालस्थित भारतीय राजदूतावासतिर जाने भएका हुन् । नेपालस्थित भारतीय राजदुतावासमा गणतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ ।

नेपालका विभिन्न संघसंस्थालाई दुतावासले दिवसका अवसरमा सहयोग प्रदान गर्ने परम्परा छ । सोही अनुसार आज पनि दुतावासले ३० वटा एम्बुलेन्स, ६ वटा बस तथा ४१ वटा लाईबेरीहरुलाई स्टेशनरी सामग्री समेत हस्तान्तरण गरेको छ ।

दिवसकै अवसरमा नेपालका लागि भारतीय राजदुत मन्जित सिंह पुरीले दिवा भोजको आयोजना गरेका हुन् । आज दिउँसोका लागि आयोजित दिवा भोजमा दुतावासले नेपालका प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति लगायत दलका शीर्ष नेताहरुलाई निम्तो दिएको छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष प्रचण्ड लगायत मधेशवादी दलका शीर्ष नेताहरुलाई दूतावासले दिवा भोजमा बोलाएको छ ।

पार्टीका शीर्ष नेतासहित अन्य दोस्रो तहका नेताहरु भोजमा सहभागि हुने बताइएको छ । तर एमालेका अध्यक्ष ओली दुतावासको निम्तो तथा भारतको गणतन्त्र दिवसका दिन रेडियो तथा एफएम संचालकहरुको एक कार्यक्रममा सहभागि हुन पोखरातिर लागेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org