ताजा समाचार

६ कक्षामा अध्यनरत छात्राले होस्टलमै बच्चा जन्माएपछि…

एजेन्सी । कक्षा ६ मा पढ्दै गरेकी एक छात्राले होस्टलमै बच्चा जन्माएकी छन् । भारतको उडिसा राज्यको एक विद्यालयकि छात्राले होस्टलमै बच्चालाई जन्म दिएकी हुन् । होस्टेलमै बच्चा जन्माएपछि उक्त विद्यालयका प्रधानाध्यापक र होस्टल सुपरिटेन्डेन्टलाई प्रहरीले पक्राउ गरेको छ ।

होस्टलमा बच्चा जन्माए लगतै छात्रा र बच्चालाई सुटुक्क उनको गाउँ उप्परकेंडीमा पुर्याइएको थियो । आदिवासी जनजातिका बच्चाहरु पढ्ने उमुरी आश्रम नामको उक्त विद्यालयमा बच्चा जन्माएको भएपनि घटनाका बारेमा प्रशासनलाई जानकारी नदिएर लुकाउन खोजेको आरोपमा प्रधानाध्यापक र होस्टल सुपरिटेन्डेन्टलाई प्रहरीले पक्राउ गरेको हो । त्यो बच्चा कसको हो भने बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org