ताजा समाचार

दक्षिण कोरियाको अस्पतालमा भीषण आगलागी, ४१ जनाको मृत्यु

काठमाडौं, १२ माघ । दक्षिण कोरियाको मिरियाङ सहरमा रहेको एक अस्पतालमा भीषण आगलागी भएको छ । शुक्रबार बिहान साढे ७ बजे सेजोङ अस्पतालमा सुरु भएको आगलागीमा परी ४१ जनाको ज्यान गएको छ ।

स्थानीय मिडियाले अग्निनियन्त्रण कार्यालयका अधिकारीलाई उदृत गर्दै ४१ जनाको शव फेला परेको जनाएको हो । कोरियाको दक्षिणी गियोङसाङ प्रान्तमा रहेको अस्पतालको पहिलो तल्लाको इमर्जेन्सी कोठाबाट आगो सल्किएको थियो।

आगलागीमा परी १० भन्दा बढी घाइते अवस्थामा छन्। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ।राजधानी सिओलबाट ३ सय ९० किलोमिटर दुरीमा रहेको अस्पतालमा करिब १ सय विरामी थिए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org