ताजा समाचार

धनुषामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, पाँचथरमा जीप खस्दा २ जनाको ज्यान गयो

झापा, १३ माघ । धनुषामा यात्रु बाहक जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । काठमाडौंबाट यात्रु बोकेर झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको जीप शनिबार बिहान २ः३० बजे तिर धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ कमलापुलनजिकै दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।

दुर्घटनामा संखुवासभाका नयाँराज जिमी, मोरङकी शारदा रेग्मी दाहाल र मोरङकै पह्लाह न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । त्यसैगरी, खोटाङका ज्ञानबहादुर चौहान, मोरङका खेमकुमार रानामगर र पाँचथरकी प्रनिता राईको पनि दुर्घटनामा परी ज्यान गएको छ ।

४ जना घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ भने अन्य ३ जना साधारण उपचारपछि घर फर्केका छन् । गम्भीर घाइते १ जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

पाँचथरमा पनि जीप खस्दा २ जनाको ज्यान गयोः
त्यसैगरी, पाँचथरको याङ्वरक गाउँपालिका–३ मा गएराति ११ बजे जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ । पाँचथरकै बारिबुङ्गबाट योयाङ्ग बजारतर्फ यात्रु लिएर जाँदै गरेको ग १ ज ६० ८५ नम्बरको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा ६ जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा याङ्वरक गाउपालिका–३ का १९ वर्षीय प्रवेश योङ्या र १६ वर्षीय सन्दीप योङयाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनामा घाइते ६ जनालाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org