ताजा समाचार

आफ्नै देवरसँगको अवैध सम्बन्धबाट बच्चा जन्माएर खेतमा गाड्दा २० वर्ष जेल सजाय

पर्सा, १३ माघ । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् । पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरुलाई कैद सजाय सुनाएको हो ।

२०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना क्षेत्रीले आफ्नै देवर नातापर्ने विजयराज क्षेत्रीको अवैध सम्बन्धबाट शिशुलाई जन्म दिई नजिकैको खेतमा खाल्डो खनेर गाडेकी थिइन् ।

सोही मुद्दा उपर लामो समयको अनुसन्धानपछि शुक्रबार पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश ध्रुवप्रसाद सापकोटाको इजलासले दुबैलाई कैद सजाय हुनेगरी फैसला गरेको हो । शिशु हत्या गर्ने मीना क्षेत्रीलाई सर्वस्वसहित जन्म कैद र विजयराजलाई २० वर्ष जन्म कैदको फैसला गरिएको हो ।

मीनाले श्रीमान् कुलबहादुर क्षेत्रीलाई ढाकछोप गरेर बच्चालाई जन्म दिई आफ्नै खेतमा खाल्डो खनेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । तत्पश्चात मीनाका श्रीमान् कुलबहादुर क्षेत्रीले हाडनाता र कर्तब्य ज्यान अन्तर्गत दुबैलाई सजायको माग गर्दै जिल्ला अदालतमा २०७३ मंसिर ९ गते मुद्दा दर्ता गराएका थिए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org