ताजा समाचार

सन्दीप लामिछाने‍ बने आईपीएल खेल्ने पहिलो नेपाली, दिल्लीले २० लाख भारुमा किन्यो

काठमाडौं, १४ माघ । नेपाली युवा बलर सन्दिप लामिछानेले इण्डिय प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने भएका छन् । उनले आईपीएल टिम दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका हुन् । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् ।

आइतबार भएको अक्सनमा दिल्लीले १७ वर्षीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै उनलाई किनेको हो ।

दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् । दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ, ‘आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी ।’

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org