ताजा समाचार

दलहरुले खर्च विवरण नबुझाएपछि आयोगले निकाल्यो निर्देशनात्मक सुचना

काठमाडौं, १५ माघ । निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो आय–व्ययको विवरण बुझाउन पुनः सूचित गरेको छ । आफ्नो आय–व्ययको विवरण माघ मसान्तभित्र आयोगमा बुझाउन सूचित गरेको हो । प्रदेशसभामा समानुपातिकबाट चुनिएका सांसद्सँग पनि आयोगले चुनावमा गरेको खर्च विवरण बुझाउन माग गरेको छ ।

आयोगसमक्ष लेखापरीक्षण प्रतिवेदन पेश गरेको एक महिनाभित्र त्यस्तो प्रतिवेदन सार्वजनिक गर्नसमेत आयोगले राजनीतिक दलहरुलाई सूचनामार्फत निर्देशन दिएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय र व्ययको लेखापरीक्षण गराई एक महिनाभित्र आयोगसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org