ताजा समाचार

माथिल्लो तामाकोशीमा ढुंगाले लागेर एक चिनियाँ इन्जिनियरको मृत्यु

दोलखा, १५ माघ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा ढुंगाले लागेर एक चिनियाँ इन्जिनियरको ज्यान गएको छ । दोलखाको लामाबगरमा निर्मार्णाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत चिनियाँ इन्जिनियर ४९ वर्षीय चिनियाँ नागरिक सुन लिङ लङको ज्यान गएको हो ।

बिगु गाउँपालिका वडा नं १ स्थित आयोजनाको ड्यामसाइडमा काम गरिरहेको अवस्थामा ज्यान गएको हो । सोमबार बिहान ११ बजेतिर ड्यामको बाहिरपट्टिबाट अचानक खसेको ढुंगा लागेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

ढुंगाले लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बाटोमा ल्याउँदाल्याउँदै ज्यान गएको हो । आयोजनामा उनले ग्राउण्डिङ सर्किटको काम गर्दै आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org