ताजा समाचार

दाजुद्वारा आफ्नै ८ बर्षीया बहिनीको बलात्कार गरि हत्या

खोटाङ, १५ माघ । एक युवकले आफ्नै बहिनीलाई बलात्कार गरी हत्या गरेका छन् । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका १६ वर्षीय जीउधन राईले आफ्नै बहिनीको बलात्कारपछि हत्या गरेका हुन् । आफ्नै ८ वर्षीया बहिनीलाई बलात्कार गरि हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

बालिकाको शव बलात्कारपछि हत्या गरि खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेका थियो । स्थानीय चिमचिमा खोलाको बगरमा गाडिएको अवस्थामा बालिकाको शव भेटिएको थियो । गएको माघ १० गते मध्यान्ह हराएकी बालिकाको शव सोही राति बगरमा गाडिएको अवस्थामा भेटिएको थियो ।

बालिकालाई बलात्कारपछि हत्या गरेर बगरमा गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । आरोपितले शुरुमा खेल्नेक्रममा दुर्घटना भएको र मृत्यु भएको बयान दिए पनि अपराध ढाकछोपका लागि बालिकाको शव बगरमा गाडेको खुलेको प्रहरीले जनाएको छ ।

‘शुरुमा जीउधनले पांग्राको खेलौनामा बालिकालाई गुडाउनेक्रममा ठोक्किएर मृत्यु भएको बयान दिएका थिए’ थापाले भने,–‘उसको बयान, घटनाको प्रकृति र शव परीक्षणबाट जबरजस्ती करणी गरेको पुष्टि भएको छ ।’

घटनाको प्रकृति र शव परीक्षणको प्रतिवेदन आएपछि हिरासतमा राखेर अनुसन्धान गरेपछि मात्र आरोपितले जबरजस्ती बलात्कार गरेर हत्या गरेको स्वीकारेका छन् । घटना लगत्तै पक्राउ परेका जीउधनविरुद्ध हाड नाता करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कारबाही थालिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org