ताजा समाचार

यस्तो पनि देश जहाँ बहुविवाह नगरे जन्मकैदको सजाय

एजेन्सी, १६ माघ । संसारका अधिकांश देशहरुमा बहुविवाह गरे कानूनी सजाय भोग्नुपर्छ । तर एउटा यस्तो देश छ जहाँ बहुविवाह नगरे जेल सजाय हुन्छ । अफ्रिकी मुलुक इरिट्रियामा दुई पत्नी हुनु अनिवार्य छ । एक पुरुषको दुई पत्नी नभएमा जेल सजाय समेत हुने कानूनी व्यवस्था रहेको छ ।

इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या ज्यादै नै कम भएका कारण यस्तो नियमलाई अनिवार्यता दिइएको हो । महिलाहरूले पनि बहुविवाहलाई समर्थन गर्नैपर्ने बाध्यतात्मक कानून बनाइएको छ । कुनै महिलाले पतिलाई दोस्रो विवाह गर्नमा रोक लगाए जन्मकैदसम्मको सजाय हुन सक्छ ।

संसारका महिला अधिकारीकर्मीहरूको विरोध हुँदाहुँदै पनि इरिट्रियामा एक वर्ष अगाडि उक्त कानून बनाइएको हो । यसबाट बहुविवाह गर्ने पुरुषहरूको संख्या बढेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org