ताजा समाचार

आफ्नो लुक्स चेन्ज गर्दै पशुपतिनाथको दर्शनमा देखि पारश शाह

काठमाडौं, १६ माघ । सार्वजनिक जीवनमा खासै नदेखिने पूर्व युवराज पारश शाह मंगलबार बिहानै राजधानीको गुहेश्वरीमा देखिए। उनको कपाल र लामो दाह्रीले उनको लुक्स केही फरक देखिएका थिए। खग्रास सूर्यग्रहणको पूर्वसन्ध्यामा पारशले पशुपतिनाथको दर्शन गरेका हुन् ।

दिउँसो मित्र मण्डलीसहित गुहेश्वरी पुगेका उनले त्यहाँ पनि पूजा अर्चना गरेका थिए। माघ शुक्ल चतुर्दशी पारेर पूर्व युवराज पशुपति दर्शनमा गएका हुन्। त्यहाँ उनले छायाँदर्शन विशेष पूजामा सहभागी भएका थिए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org